लेख

थारु गाउँकी पहाडिया म

म घरकी सबैभन्दा जेठी छोरी। सानैदेखि मुवा (जिजुमुवा) सँगै नजिक थिएँ । म जन्मेकै साल जिजुबुवाको देहान्त भएको थियो रे। त्यसैले मुवाको मन भुलाउने सहारा म थिएँ। पछि भाइ-बहिनी जन्मेपछि हामी तीन जनामा झगडा हुन्थ्यो, को मुवासँग सुत्ने भनेर। मुवा पनि आफ्नो एकतिर भाइलाई र अर्को तिर बहिनीलाई सुताउनु हुन्थ्यो र मलाई बहिनीको साइडमा। हामी […]

थारु गाउँकी पहाडिया म Read More »

छोरी, मैले आफूलाई बेचेरै भए पनि तिम्रो लागि न्याय किन्नेछु

जनकपुरधाम उपमहानगरपालिका-९ की आरती साहको न्यायका निम्ति करिब २ महिनादेखि उनको परिवार माइतीघर मण्डलामा धर्ना बसिरहेको छ ।  छोरीको हत्या भएको भन्दै संलग्नलाई कारबाही होस् भन्ने उनीहरूको माग छ । तर, मुद्दाको पेसी सरेको सर्‍यै गर्दा न्याय नपाइने हो कि भन्ने आशंकामा उनीहरू छन् ।   यो लेख आरती साहको घटनामा आघारित रही लेखिएको एक काल्पनिक संवाद हो

छोरी, मैले आफूलाई बेचेरै भए पनि तिम्रो लागि न्याय किन्नेछु Read More »

गुलाब र चमेली

एकाबिहानै गुनगुन र खसखसको आवाजले मेरो निद्रा खुल्यो । ‘ह्या ! यस्तो जाडोमा पनि एकाबिहानै को आएछन् घरमा । मलाई त सुत्नै नदिने भए’ भन्दै मैले आक्रोश पोखेँ । मेरो बुबा गाउँको सरकारी विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ र आमा पनि उक्त विद्यालयमा  नेपाली शिक्षिका हुनुहुन्थ्यो तर मेरो जन्मपछि आमाले पढाउन छोड्नुभयो । उहाँको त्यो समय मेरो र

गुलाब र चमेली Read More »

गुलाबी विद्रोह

माइतीघरमा यी र अनेकौं पीडितले न्याय मागिरहँदा पनि आफूलाई ठूलै नारीवादी भन्ने महिलालाई अलिकति पनि छुँदैन। किन होला? अन्तर्राष्ट्रियस्तरमा नेपाली महिलाको प्रतिनिधित्व गर्दा उनीहरूलाई कोही छुटेको वा छुटाएको जस्तो महसुस किन नभएको होला?  ‘न्याय देव, सरकार!’ माइतीघरमा व्यानर समातेर बसिरहेका केही महिलाको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। शब्द पढ्दा काठमाडौंभित्र बोलिने भाषा जस्तो

गुलाबी विद्रोह Read More »