गुलाब र चमेली
एकाबिहानै गुनगुन र खसखसको आवाजले मेरो निद्रा खुल्यो । ‘ह्या ! यस्तो जाडोमा पनि एकाबिहानै को आएछन् घरमा । मलाई त सुत्नै नदिने भए’ भन्दै मैले आक्रोश पोखेँ । मेरो बुबा गाउँको सरकारी विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ र आमा पनि उक्त विद्यालयमा नेपाली शिक्षिका हुनुहुन्थ्यो तर मेरो जन्मपछि आमाले पढाउन छोड्नुभयो । उहाँको त्यो समय मेरो र घरको रेखदेख गर्नमै बित्थ्यो ।

आमाबुबाको सन्तानको नाममा म एउटी छोरी हुँ । जातमा तथाकथित् उच्च जातिभित्र हाम्रो गणना गरिन्छ । तर, हामीले कहिल्यै पनि जातका आधारमा अरुलाई होच्याउने काम भने गरेनौँ । मेरो बुबालाई गाउँका सबै जना एक आदर्श व्यक्तित्व मान्छन् । नमानुन् पनि कसरी ? मेरो बुबा एक सिद्धान्तवादी शिक्षकका साथै आदर्शवादी श्रीमान् र आदरणीय बुबा जो हुनुहुन्छ । बुबासँग भेट गर्न र सल्लाह सुझाव लिन भनी गाउँभरिका मान्छे प्राय: हाम्रो घरमा आउँछन् । त्यसकारण, हाम्रो घरमा पाहुनाको कमी भने कहिल्यै हुँदैन ।
उहाँलाई भेट्न सधैँँजसो मान्छेहरू आइरहने भएकाले आज पनि आएका होलान् भन्ठानेर मैले कोल्टे फर्किंदै सुत्ने कोसिस गरेँ । त्यत्तिकैमा मैले पल्लाघरे गौँथली काकीको आवाज सुनेँ । काकी र मेरी आमा भेट भएपछि उहाँहरूलाई समयको ख्याल नै हुँदैन । झन् काकी बोल्न थाल्नुभयो भने त उहाँलाई स्वयम् भगवान्ले पनि रोक्न सक्नुहुँदैन ।
‘ल ! भयो कल्याण । अब त उठ्नैपर्छ,’ मैले मनमनै सोचेँ । माघको महिना, कठ्याङ्ग्रिने जाडो । मानौँ, मेरो बिस्तराले मलाई चुम्बकजसरी जकडाएको थियो । मलाई पनि सिरकको न्यानो छोडेर उठ्ने मन त कहाँ थियो र ? सिरक र मबीच ठूलै द्वन्द्व चलिरहेको थियो र अन्त्यमा राजा सिरक र उसको महामन्त्री बिस्तरालाई पराजित गरेर म उठ्न सफल भएँ । म उठेर आफ्नो नित्य कर्म गर्न थालेँ । आमा र काकी भान्सामा गफ गर्दै हुनुहुन्थ्यो । बाबा र गाउँका केही लोग्ने मान्छेहरू आँगनमा बसेर चियाको चुस्की लिँदै वार्ता गर्दै थिए । आफ्नो काम सकेर म भान्साकोठामा गएँ । आमाले मलाई दूध र रोटी खा भनी दिनुभयो । म पनि काकी र आमाको गफ सुन्दै रोटी र दूध खान थालेँ ।
‘दिदी हामीलाई के खाँचो परेको छ ? हामीले किन गर्नु त्यसको अन्त्येष्टि ? त्यस्ता मान्छेको न अगाडि कोही छ, न पछाडि । त्यस्तिकी आत्माले पनि के शान्ति पाउलिन् र खोइ ?,’ काकीले बडो दयाहीन स्वभावमा भन्नुभयो ।
बुबाको इस्टकोट धुन भनी म पँधेरोतिर लागेँ । त्यो दिन बुबाप्रति मेरो सम्मान अझ बढेको थियो । म इस्टकोट धुन थालेँ । एकैछिनमा इस्टकोटको गोजीबाट केही बजेको आवाज आयो । गोजीमा के बजिरहेको छ भनी निकालेर हेर्दा त्यही पाँच रङको मोतीजडित चाँदीको अर्को पाउजु थियो, जुन चमेलीको खुट्टाबाट गायब थियो ।
‘तँलाई त थाहै छ गौँथली, गुलाबका बाउ कस्ता छन् । उनलाई आफ्नोभन्दा पनि दुनियाँको चिन्ता छ । मैले जति भने पनि उनले माने पो । त्यही पनि जिउँदाको जन्ती, मर्दाको मलामी भन्छन् । एउटै समाजमा बसेर मर्दा मलामी नगएपछि प्रभुले पनि सराप्लान् कि भन्ने डर,’ आमाले काकीलाई सम्झाउँदै भन्नुभयो ।
आमा र काकीको कुरा सुनेर मैले बुझिसकेकी थिएँ कि गाउँमा कोही महिलाको निधन भएको छ । कौतुहलताको चरम सीमामा पुगेकी म आफूलाई रोक्न नसकेर आमालाई सोधिहालेँ, ‘आमा, को बित्नुभयो ?’
काकीले मेरो प्रश्न पूरा नसुन्दै भन्नुभयो, ‘को हुनु नानी, त्यही चार गाउँ चहार्दै हिँड्नी चमेली । आफू त मरीमरी, अब हामीलाई घाँडो । चितामा माटो र आगो दिने पनि कोही छैन त्यसको ।’
काकीले कति निर्दयी शब्द बोल्नुभएको भन्दै मैले आमालाई फेरि सोधेँ, ‘आमा, चमेली दिदी कसरी बित्नुभयो ?’
‘खै, कोही हत्या भन्छन्, कोही आत्महत्या । गाउँलेहरूले उसलाई उसकै घरनजिक पीपलको रुखमा झुण्डिएको अवस्थामा फेला पारेका हुन् रे । भगवान् जानून्, के सत्य हो ।’
आमाको कुरा सुनेर मेरा शरीरका रौँ ठाडा भए । चमेली दिदीलाई अन्तिम चोटि भए पनि हेर्न मन लाग्यो । सारा गाउँलेहरूले उसलाई अनेकौँ उपनाम दिए पनि मैले चमेली दिदी भनेर सम्बोधन गर्थें । हेर्दा जुनझैँ धपक्क बलेकी, मृगनयनी, लालुपाते ओठले सुशोभित, पाउमा अति नै सुन्दर पाउजुको छमछम, उमेर जम्मा २५ वर्षीया चमेली अत्यन्त सुन्दर र रूपमति थिई ।
आमाको कुरा सुनेर म हत्तपत्त बाहिर निस्केँ र बाबासँग आफू पनि चमेलीको घर जाने इच्छा व्यक्त गरेँ । बाबाले पनि आफूसँगै लैजान मान्नुभयो । म बाबा र अन्य गाउँलेहरूसँग चमेलीको घरतर्फ लागेँ ।
गाउँका मुखिया र जमिनदारको आँगनको शोभा थिई चमेली । ऊ नाच्दा यस्तो लाग्थ्यो कि स्वयम् स्वर्गबाट अप्सरा धर्तीमा झरेर नृत्य गर्दैछन् । चमेलीको एक ठुम्कामा जमिनदारहरू हजारौँ रुपैयाँ उडाउँथे । उसलाई पैसाको कमी त कहिल्यै भएन तर माया र सम्मानको खाँचो भने जीवनभरि खट्किइरह्यो । गाउँलेहरूको मुखबाट चमेलीका बारेमा मैले कहिल्यै राम्रो सुनिनँ ।
कोही उसलाई नचनियाँ भन्थे भने कोही छाडा आइमाई, कोही ऊसँग बिताएका ती अनेकौँ रातहरूको वर्णन गर्दै छाती फुलाउँथे भने कोही ऊ हिँडेको बाटोसमेत हिँड्न मन गर्दैन थिए । गाउँका आइमाईहरू त चमेलीलाई हेर्नेबित्तिकै मुख फर्काएर अपशब्द बोल्दै हिँड्थे ।
जब आफ्नो पाउजु छमछम बजाउँदै ऊ बाटोमा हिँड्ने गर्थी, तब सबैलाई चमेली आउँदै छे भन्ने भान हुन्थ्यो । उसको पाउजु ऊभन्दा पनि चर्चित थियो । उसको त्यो पाँच रङको मोतीजडित चाँदीको पाउजु हेर्दा निकै आकर्षक थियो । म ऊ हिँड्दा प्राय: उसका खुट्टामै हेर्ने गर्थें, किनकि मलाई उसको पाउजु आफूतिर आकर्षित गर्थ्यो ।
आफ्नो घरदेखि चमेलीको घर पुग्दासम्म मैले चमेलीलाई नै सम्झिरहेँ । अन्ततः हामी चमेलीको घर पुग्यौँ । उसको मृत शरीरलाई आँगनमा सुताइएको थियो । मैले धित मरुञ्जेल उसको लासलाई नियालेँ । अहिलेसम्म उसलाई सेतो कात्रो पनि ओढाएका थिएनन् । ऊ जिउँदो हुँदा भर्खर जुँगाको रेखी बसेका युवकदेखि अधबैँसे पुरुषसम्म उसको अघिपछि घुम्थे । तर, अहिले उसको लास उठाउन त्यहाँ कोही थिएन । के यस्तै मृत्युको लायक थिई र चमेली ? के सबै दोष उसकै मात्र थियो र ?
यो समाजले चमेलीलाई कहिल्यै आफ्नो ठानेन । दुनियाँका अगाडि तमासा बने पनि आफू सधैँँ हाँसिराख्ने चमेली आज जिन्दगीदेखि हार मानेर सधैँका लागि माटोमा विलीन हुँदैछे ।
मलाई चमेली हेर्दा साह्रै राम्री लाग्थी । उसको शरीरको बनावट, उसको पहिरन, उसको हिँडाइको लचक र उसको इशाराले कुरा गर्ने बानी मलाई एकदमै मन पर्थ्यो । मभित्र आफू ऊजस्तै देखिन पाए पनि हुन्थ्यो भन्ने चाहना थियो तर आज उसको मृत शरीर हेर्दा मेरो यो चाहना त्यत्तिकै हराएर गयो ।
आज उसको अनुहारमा सधैँँझैँ हुने चमक थिएन । राम्रोसँग नियाल्दा गालामा नीला डाम, घाँटीमा धमिलो छाप र हातमा पोलेका दागहरू थिए । सधैँझैँ आज पनि उसका खुट्टामा हेरेँ तर एउटा पाउजु देखिनँ । सायद अब पाउजुले पनि उसको साथ छोडेजस्तो छ । चमेलीका पाउजु मलाई पनि प्रिय थिए । त्यसैले मैले उसको खुट्टाबाट अर्को पाउजु झिकेर आफूसँगै राखेँ ।
हामी चमेलीको घर पुग्यौँ । उसको मृत शरीरलाई आँगनमा सुताइएको थियो । मैले धित मरुञ्जेल उसको लासलाई नियालेँ । अहिलेसम्म उसलाई सेतो कात्रो पनि ओढाएका थिएनन् । ऊ जिउँदो हुँदा भर्खर जुँगाको रेखी बसेका युवकदेखि अधबैँसे पुरुषसम्म उसको अघिपछि घुम्थे । तर, अहिले उसको लास उठाउन त्यहाँ कोही थिएन ।
त्यत्तिकैमा बुबाले सेतो कात्रो चमेलीलाई ओढाउनुभयो ।
मेरो बुबा कति दयालु, चमेलीको लासलाई ओढाउन भनी सेतो कात्रो लिएर आउनुभएछ । बुबाको आग्रह मानेर गाउँका अन्य पुरुषहरू उसको लास उठाउन तयार भए । बुबाले मलाई भन्नुभयो, ‘गुलाब, तिमी घर जाऊ छोरी । म अन्तिम कार्य सकेर आउँछु ।’ म पनि बुबाले जाऊ भनेपछि घरतिर लागेँ । बाटोमा जाँदा मेरो मनमा अनेकौँ प्रश्नहरू उब्जिन थाले । गालाको नीलो डाम, घाँटीको धमिलो छाप र हातका केही दागहरू देखेर मेरो खुराफाती दिमागले कतै उसको हत्या त भएको हैन भन्ने आशंकाहरू पैदा भइरहे ।
यदि हत्या हो भने उसको हत्या कसले गर्यो होला ? उसका शरीरमा यी डामहरूले केको संकेत दिन्छन् ? उसको पाउको एउटा पाउजु कता झरेको होला ? यी र यस्तै प्रश्नहरूका बीच म रुमल्लिइरहेकी थिएँ र उसलाई सम्झिरहेकी थिएँ ।
अँध्यारोमा उसका घरमा हरेक दिन नवपुरुष आउँथे रे । अनि उज्यालो हुन नपाउँदै त्यहाँबाट फर्किन्थे । त्यो बन्द कोठाभित्र दुवै जना नाङ्गिन्थे तर यो समाजले चमेलीलाई मात्र घृणा गरिरह्यो । उसलाई वेश्याको उपनाम दियो यही समाजले । म मनमनै गाउँका हरेक मान्छेलाई गाली गर्दै थिएँ जसले चमेलीलाई मात्र भोग्याको वस्तु ठाने । ऊ सधैँँ भन्ने गर्थी, ‘मैले आफ्नो श्रम बेच्न खोजेँ तर अरुले मेरो शरीर किन्न खोजे ।’ आज उनीहरूको बिस्तरा तताउँदा तताउँदै चमेलीले आफ्नो शरीर नै त्याग गरिदिई ।
यो सब सोच्दासोच्दै म कतिखेर घर आइपुगेछु, पत्तै पाइनँ । घर पुगेर आमालाई सबै बेलीविस्तार सुनाएँ । आमाले केही चासो नदेखाएजस्तै गरी सुन्नुभयो । म पनि त्यति भनेर नुहाइ धुवाइ गरी बसेँ । मैले चमेलीको पाउजु सम्हालेर आफ्नो कोठामा राखेँ ।
त्यत्तिकैमा बुबा आउनुभयो । ‘मलाई सुनपानी छर्किदेऊ छोरी’ भन्दै आफूले लगाएको इस्टकोट झिकेर मलाई ‘धोइदेऊ है’ भनी दिनुभयो । मैले इस्टकोट समातेँ र बुबाले भनेझैँ सुनपानी छर्किदिएँ । त्यसपछि बुबाको इस्टकोट धुन भनी म पँधेरोतिर लागेँ । त्यो दिन बुबाप्रति मेरो सम्मान अझ बढेको थियो । म बुबालाई मनमनै धन्यवाद दिँदै उहाँको इस्टकोट धुन थालेँ । एकैछिनमा इस्टकोटको गोजीबाट केही बजेको आवाज आयो । निकालेर हेर्दा त्यही पाँच रङको मोतीजडित चाँदीको पाउजु थियो, जुन चमेलीको खुट्टाबाट गायब थियो ।


